१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रुकुमपश्चिममा ४१ जनाको स्वाब संकलन गरी सुर्खेत पठाइयो

रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

रुकुम- भारत तथा अन्य मुलुकबाट रुकुमपश्चिममा आएका ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश राजधानी सुर्खेत पठाइएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका २९ जनाको स्वाब संकलन गरेर लगिएको छ।

जिल्ला अस्पताल सल्लेको टोलीले संकलन गरेको १२ जनाको नमुना पनि परीक्षणका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए। भारत तथा तेस्रो मुलुकबाट आएका सबैमा कोरोना परीक्षण गर्ने कार्यक्रमअनुसार बुधबार र बिहीबार संकल नगरिएको ४१ जनाको स्वाब सुर्खेत पठाइएको उनको भनाइ छ।

आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएर घरमै बसेका व्यक्तिको स्वाब संकलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रजिअ पौड्यालले जनाए। जिल्लामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरस पोजेटिभ नदेखिए पनि सतर्कता अपनाउनका लागि नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको उनको भनाइ छ।

प्रदेशको टोलीले जिल्लाको चौरजहारी नगरपालिकामा भारत तथा अन्य देशबाट आएर क्वारेन्टाइनमा बसेका ७ जना र घरमा बसेका ७ गरी १४ जना, सानीभेरी गाउँपालिका १४जना र जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा रहेका १ व्यक्तिको स्वाब संकलन गरिएको थियो।

जिल्ला अस्पतालको टोली जिल्लाको त्रिवेणी गाउँपालिकाबाट १२ जनाको स्वाब संकलन गरेर सुर्खेत गएको बताइएको छ। प्रदेशको स्वास्थ्यकर्मीको टोलीले जिल्ला अस्पतालको प्राविधिक टीमलाई स्वाब संकलन गर्ने तरिकाबारे जानकारी पनि गराएको थियो।

सिप पाएपछि जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुले स्वाब संकलन सुरु गरेका हुन्। ज्वरो लगायतका समस्या देखिएकालाई पहिलो प्राथमिकतामा राखेर स्वाब संकलन गरिने बताइएको छ। लकडाउन सुरु भएपछि रोजगारीका लागि भारत र खाडी मुलुक गएका जिल्लाका तीन सय तीन जना व्यक्ति घर फर्किएका छन्।

भारत तथा अन्य मुलुकबाट तीन सय तीन जना जिल्लामा आएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। क्रमशः ती सबै व्यक्तिको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने तयारी रहेको छ।
 

 

प्रकाशित: २८ चैत्र २०७६ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App