६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

मन्त्री बस्नेतको पहलमा जाजरकोटमा पुग्यो स्वास्थ्य सामग्री

जाजरकोट – वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत  विभिन्न स्वास्थ्य सामग्रीहरू जाजरकोट पुगेका छन्। विश्वभर महामारीको रुपमा  फैलिएको कोरोना भाइरस (कोभिड –१९) को जोखिम नियन्त्रणको लागि जाजरकोट अस्पताल तथा  स्थानीय तहहरुले सञ्चालन गरेका अभियानहरुमा साथ दिनका  लागि मन्त्री बस्नेतले संकलन गरेका सामाग्रीहरु  मंगलबार  जाजरकोट पुगेका हुन्।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री वस्नेले स्वास्थ्य सेवा विभाग, विभिन्न संस्थाहरु र व्यक्तिगत रुपमा संकलन गरेका ९ प्रकारका स्वास्थ्य सामाग्रीहरु जाजरकोट अस्पतालमा आयोजित एक कार्यक्रमका बीच जाजरकोट स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई हस्तान्तरण गरेका हुन्।

कोरोनाको सम्भावित संक्रमण नियन्त्रणका लालगि जाजरकोट अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा सर्जिकल वेड, थर्मल गण अर्थात ज्वरो नाप्ने थर्माेमिटर, व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई), स्वास्थ्यकर्मीले लगाउने गाउन, मास्क, सावुन, ग्लोव र हेन्डवास लगायतका  सामाग्रीहरु छन्।  मन्त्री बस्नेतको  पहलमा जाजरकोट पुगेका सामाग्रीहरुलाई जाजरकोट अस्पतालमा  स्थापना गरिएको  आइसोलेसन वार्डको व्यवस्थापन तथा सञ्चालनमा प्रयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन्।

उनले डाक्टर सहितका दक्ष स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेको अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डहरुलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन  मन्त्री बस्नेतले लगायका व्यक्ति र निकायले दिएका सामाग्री तथा उपकरणहरुलाई उपयोग गरिने बताईन्। विभिन्न व्यक्ति तथा संघसंस्थाको पहलमा  जाजरकोट पुगेका सवै सामाग्रीहरुको सदुपयोग गरेर कोरोनाको संक्रमण विरुद्ध लड्ने ताकत निर्माण गर्न सवैले सहकार्य गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनले  सबैलाई होसियारी र सतर्कता  अपनाएर कोरोनाको सम्भावित संक्रमण रोक्ने तर्फ लाग्नु  पर्ने बताए। जनताको जीवन रक्षाको लागि जिल्लामा प्राप्त भइरहेका सहयोग र सामाग्रीहरुलाई सबै मिलेर सदुपयोग गर्दै रोगको महामारी विरुद्ध ऐक्यवद्धता जनाउन उनले सबैलाई आग्रह गरे।  

जाजरकोटका जनताको स्वास्थ्य सेवाको अवस्था सुधार गर्न र कोरोनाको सम्भावित संक्रमण रोक्ने काममा सहयोग गर्ने आफूले विभिन्न सामाग्रीहरू संकलन गरेर जिल्लामा पठाएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले बताए। उनले जनतालाइ सचेत बनाउदै स्वास्थ्य परीक्षण र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाइ श्रोत साधन सम्पन्न बनाउने उद्देश्यले आफुले स्वास्थ्य सेवा विभाग, विभिन्न सँस्थाहरु र व्यक्तिगत पहलमा यी सामाग्रीहरु  संकलन गरि  पठाएको बताए।  विश्वमा महामारीको रुप लिएको  कोरोनाको संक्रमण रोक्नका लागि सवै भन्दा गतिलो उपाया लक डाउनको पालना भएको भन्दै यस तर्फ सवै जनताले सचेतता र इमान्दारीता देखाउनु पर्ने मन्त्री बस्नेतले बताए।

कोरोनाको महामारी फैलिए के गर्ने भन्दा पनि पुर्व सर्तकतामा सबैले ध्यान दिनु पर्ने उनले भनाई छ।  लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका  र जिल्लामै  दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेका सर्वसाधारणहरुको आपतलाई आफूले उचित सम्वोधन हुने गरि पहल गरिरहेको पनि मन्त्री बस्नेतले बताए। 

प्रकाशित: २५ चैत्र २०७६ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App