coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्थानीय निकायलाई कोरोना रोकथामका लागि वाग्मती प्रदेशको १३ करोड

रामेछाप- वाग्मती प्रदेश सरकारले प्रदेशका १ सय १९ स्थानीय निकायलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रयोजनका लागि १३ करोड ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश सभाको वैठकले उक्त निर्णय गरेको वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता कैलाश ढुंगेलले बताए। प्रदेश सरकारको निर्णय अनुसार महानगरपलिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १२ लाख र गाउँपालिकालाई १० लाख उपलब्ध गराउने निर्णय गरेको हो। कोरोना रोकथामका लागि बजेट अभाव भइरहेको रामेछापका ८ स्थानीय तहका लागि भने ८४ लाख आर्थिक सहयोग उपलब्ध हुने भएको छ। जुन सहयोगले प्रकोप रोकथामका लागि केही टेवा पुग्ने छ।

वागमती प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका रहेका छन्। प्रदेश सभा वैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यविधि अनुमोदन गर्दै स्थानीय सरकारहरुलाई प्रकोप नियन्त्रणमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गर्ने निर्णय समेत गरेको मन्त्री ढुंगेलले बताए। उनले आर्थिक सहयोगका साथै प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि पठाउने तयारी गरिएको जानकारी दिए।

 

प्रकाशित: १७ चैत्र २०७६ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App