२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘विश्वविद्यालय र विद्यालय बन्द गर’

काठमाडौं – प्रमुख आठ विद्यार्थी संगठनले कोरोनाको संक्रमणबाट सचेतना अपनाउन विश्व विद्यालयस्तरका परीक्षा स्थगीत गरेर शैक्षिक संस्था बिदा गर्न आह्वान गरेका छन्। मंगलबार बसेको आठ विद्यार्थी संगठनको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन शैक्षिक संस्थामा पूर्ण सतकर्ता अपनाउन आग्रह गरेका हुन्।

बैठकपछि विद्यार्थी संगठनले छ बुँदे विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थामा पछि आउने बिदा मिलाउन गर्नेगरी तत्काल विद्यालय र विश्वविद्यालय बन्द गर्न आग्रह गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी संघ, अखिल(छैठौं), समाजवादी विद्यार्थी युनियन, अखिल(क्रान्तिकारी), अखिल (क्रान्तिकारी र राप्रवि संघ(संयुक्त)को बैठक गरेका थिए। उनीहरूले आफू मातहतका समितिमार्फत देशव्यापी कोरोनाविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। ‘कोरोना भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय विमानस्थल र सबै सीमा नाकाबाट औषधि र अत्यावश्यक सामग्री ढुवानीबाहेकका सम्पूर्ण आवतजावत तत्काल रोक्न माग गरेका छौँ,’ उनीहरूले भनेका छन्।

भयमुक्त वातावरणमा एसइई र विश्वविद्यालयस्तरका परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्र चिकित्सकसहित स्वास्थ्य सहायता केन्द्र स्थापना गर्न माग गरेका छन्। कोरोनाको डर र त्रास फैलाई बजारमा कृतिम अना गर्ने कालोबजारी नगर्न सचेत गराउँदै उनीहरूले कालो बजारीमा संलग्नलाई कडा कारबाही गर्न पनि माग गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले बजारमा अनुगमन तीव्र बढाउनुपर्ने जनाएको छ। चैत महिनामा स्कुल कलेज सञ्चालन नहुने हुँदा चैत महिनाको शुल्क नलिन आग्रह गरेको छ। साथै धेरै भीड हुने स्थान अस्पताल सार्वजनीक यातायात, बैंक, मन्दिर, मस्जिद, गुम्बा, चर्च, पार्क, सिनेमा हल, व्यापारिक केन्द्र, उद्योगलगायतका स्थानमा सचेतना अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App