२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप तीन देशका नागरिकलाई अनअराइभल भिसामा रोक

काठमाडौं- नेपालले थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागले एक विज्ञप्ती जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको बताएको छ। यो निर्णय आइतबारदेखि अर्को निर्णय नहुन्जेल सम्मको लागि लागु हुने जनाइएको छ।

यस अघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो। चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका ६४ बढी मुलुकमा फैलिएको छ।

 

प्रकाशित: २६ फाल्गुन २०७६ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App