२० चैत्र २०८१ बुधबार
image/svg+xml १:२६ पूर्वाह्न
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनले नसर्ने रोगहरुको पहिचानका लागि मन्त्रालयले शुरु गरेको एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए। वीर आपतालमा चैत दोस्रो सातादेखि काठमाडौं महानगरपालिकाको  सहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने जानकारी समेत दिए।

उनले भने, ‘चैत महिनामा स्वास्थ्य सेवा बिस्तार अभियानको रुपमा थालनि गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रतिष्ठान तथा संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा सुविधा थप गरिने जानकारी गराउँछु । अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरुले पनि आफ्नो आफनो स्वास्थ्य संस्थामा समेत सेवा विस्तार गरि जानकारी गराउनुपर्नेछ । पक्षघातमा प्रयोग हुने औषधि महंगो हुने भएकोले आर्थिक अभावमा उपचार पाउन कठिनाई खेप्दै आएका नागरिकका लागि सहज रुपमा उपचार दिलाउन पहल थाल्नु भएको थियो । त्यसैको लागि भन्दै एक वर्षलाई पुग्ने औषधि प्राप्त भएको छ ।’

प्रकाशित: ८ चैत्र २०८१ १८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App