१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:३९ अपराह्न
स्वास्थ्य

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न तम्बाकू परित्याग क्लिनिक

किष्ट मेडिकल तथा शिक्षण अस्पतालले ⁠तम्बाकू परित्याग क्लिनिक सञ्चालन गरेको छ।

सुर्तीजन्य पदार्थ (तम्बाकू) नियन्त्रण पहल अभियान अन्तर्गत अस्पतालले तम्बाकू परित्याग क्लिनिक सञ्चालनमा ल्याएको हो। सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु, मुख सम्बन्धी उपचारमा ५० प्रतिशत सम्म अस्पतालले छुट दिएको छ।

अभियानमा एक महिनासम्म निःशुल्क परामर्श सेवा, तम्बाकू छोड्ने उपायबारे विशेषज्ञ चिकित्सकहरूसँग परामर्श, दन्त तथा श्वासप्रश्वास रोग विशेषज्ञहरूसँग उपचार तथा मार्गदर्शन गर्ने अस्पतालले जनाएको छ।

⁠त्यस्तै विद्यालय स्तरीय सचेतना कार्यक्रम, ⁠स्थानीय समुदायमा स्वास्थ्य शिविर , मुख स्वास्थ्य महिना विशेष छुट सहितका सेवा योजना पनि ल्याएको अस्पतालले जनाएको छ। 

प्रकाशित: ७ चैत्र २०८१ १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App