१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:३ अपराह्न
स्वास्थ्य

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघिका निर्देशकले राजीनामा गरे पछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन्।

यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

प्रकाशित: ७ चैत्र २०८१ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App