२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

फुङलिङमा तीन दिने आँखा शिविर सुरु

<br>

ताप्लेजुङको फुङलिङमा सोमबार देखि तीन दिने आँखा शिविर सुरु भएको छ । निःशुल्क आँखा शिविरको पहिलो दिन सोमबार २ सय २८ जनाले आँखाको परीक्षण गराएका छन्। पहिलो दिन ३५ जनाको आँखाको शल्यक्रिया भएको मेची आँखा अस्पतालका नेत्र चिकित्सक डाक्टर समीर चापागाईँले जानकारी दिए।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङका अनुसार शिविर बुधवार सम्म चल्ने छ। तीन दिनै शल्यक्रिया सेवा समेत हुनेछ।

मेची आँखा अस्पतालका आउटरिर्च अफिसर कविता कार्कीका अनुसार कार्तिक २६ देखि २८ गते सम्म फुङलिङमा आँखा शिविर सञ्चालन गरेपछि मेची आँखा अस्पतालको टोली शिविरका लागि पाँचथरको थर्पुमा पुग्ने छ। त्यहाँ कात्तिक ३० र मंसिर १ गते गरी दुई दिन शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने छ। 

प्रकाशित: २६ कार्तिक २०८१ १८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App