२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बङ्गलादेशमा डाक्टर पढिरहेका विद्यार्थीद्वारा नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन आग्रह

बङ्गलादेशमा मेडिकल कलेजमा अध्ययनरत नेपाली बिद्याथीले नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन् ।

बुधवार उनीहरुले नेपाल मेडिकल काउन्सिल  बाँसबारीमा गई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिने लगायत नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति ६ महिना इन्टर्नसिप गर्नै पर्ने व्यवस्थालाई संशोधन गरि एमबिबिएस फाइनल परीक्षा उत्तीर्ण गरे लगतै दिन मिल्ने व्यवस्था गरिदिन आग्रह गरेका हुन ।

एमबिबिएसको फाइनल परीक्षा उत्तीर्ण गरे पछि इन्टर्नसिप गर्न बङ्गलादेशमा प्राइभेट मेडिकल कलेजमा नेपाली विद्यार्थीहरूले भर्ना समयमै इन्टर्नसिप फी तिर्नुपर्ने हुन्छ (अर्थात् ५ वर्ष अगाडी नै)अनि त्यहि फी पछि मेडिकल कलेजले तलब भनेर मासिक रुपमा फिर्ता दिने गरेका छन् । सरकारी मेडिकल कलेजमा अध्ययन गर्नेले पनि इन्टर्नसिप गर्दा कुनै स्टिफेन पाउदैनन ।

प्रकाशित: १६ श्रावण २०८१ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App