१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन्।

शुक्रवार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले योग नेपाल भूमिबाट नै सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए। अध्यक्ष ओलीले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए । उनले योग मानव समाज व्यापी हुन जरुरी रहेको धारणा राखे।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको जानकारी दिए । योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताए । उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे। 

प्रकाशित: ७ असार २०८१ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App