२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य शिविरमा सात सयभन्दा बढीको परीक्षण

नेपाल फिलिपिन्स् सोसाईटीले दीक्षालय नेपाल फाउण्डेशनको सहकार्यमा निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। दीक्षालय नेपाल फाउण्डेशनको विद्यालय परिषरमा आयोजना गरिएको उक्त निस्शुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

 अत्याधुनिक उपकरणसहित विभिन्न स्वास्थ्य विशेषज्ञहरूको सहभागिता रहेको उक्त स्वास्थ्य शिविरमा स्त्री रोग, हाडजोर्नी तथा दुखाई सम्बन्धी, हृदयरोग तथा पल्मोनरी, रेडियोलजी, पेथोलोजी, ऑखा रोग, छालासम्बन्धी रोग, पिसाब तथा मिर्गौलासम्बन्धी रोग, नाक कान घाँटीसम्बन्धी रोग, बालरोग, दन्त रोग तथा फोक्सोसम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो।

नेपाल फिलिपिन्स् सोसाईटीका अध्यक्ष भोलाबहादुर बिष्टले आगामी दिनमा पनि यसप्रकारको निस्शुल्क स्वास्थ्य शिविर काठमाडौंलगायत देशको विभिन्नस्थानमा आयोजना गरिने बताए।  

दीक्षालय नेपाल फाउण्डेशनका प्रबन्ध निर्देशक चित्रकुमार दाहालले यसकार्यक्रम आयोजना गर्न प्रेरित गर्ने नेपाल फिलिपिन्स्सो साईटीलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरिनु पर्ने कुरामा बिशेष अनुरोध गरेका थिए ।  

प्रकाशित: २ असार २०८१ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App