४ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

शय्या अभावमा गर्भवती र सुत्केरीलाई सास्ती

भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिल खालका गर्भवती आउँछन्। तीमध्ये ६ जनाले मात्र शय्या पाउँछन्। अरूलाई अन्यत्रै रेफर गर्नुपर्ने बाध्यता छ। पश्चिम नेपालको स्वास्थ्यको धरोहरका रूपमा परिचित यस अस्पतालमा आवश्यकताका आधारमा शय्या नहुँदा सुत्केरी तथा गर्भवतीले सहज रूपमा सेवा पाउन सकेका छैनन्।

भेरी अस्पतालमा शल्यक्रियाका लागि जम्मा १२ वटा शय्या छन्। तीमध्ये गर्भवतीका लागि ६ वटा मात्र शय्या उपलब्ध गराइएको छ। जब कि भेरी अस्पतालमा गर्भवतीका लागि मात्रै कम्तीमा पनि १५ वटा शय्या आवश्यक पर्छ। भएका ६ वटा शय्या पनि सहजै उपलब्ध हुँदैनन्। अन्य रोग वा दुर्घटनाका बिरामीका शल्यक्रिया गर्नुपर्दा मुस्किलले गर्भवतीका लागि शय्या उपलब्ध हुन्छ।

प्रसूतिगृह जाँदा त्यहाँ अस्तव्यस्त रूपमा सुत्केरी शय्या अभावमा भुइँमै बस्न बाध्य छन्। ‘कुनै दिन सुत्केरीका लागि शय्या नै हुँदैन,’ एक स्वास्थ्यकर्मीले भनिन्, ‘शय्या नहुँदा भुइँमै बसालेर भए पनि उपचार सेवा दिइरहेका छौं।’ यस्तो गर्न यहाँका स्वास्थ्यकर्मीको रहर होइन, बाध्यता हो। व्यवस्थापकीय कमजोरीका कारण भेरी अस्पतालले प्रसूति गृहमा शय्या बढाउन सकेको छैन। जसको मार टाढाटाढामा आएका गर्भवती तथा सुत्केरीले खेप्नु परेको छ।

भेरी अस्पतालमा भर्ना हुन आउने गर्भवतीका लागि १० वटा शय्या छन्। सुत्केरी हुँदाको अवस्थामा दुईवटा शय्या छन् भने सुत्केरी भइसकेपछि बस्नलाई ३५ वटा शय्या छन्। यो धेरै अपुग हो। सामान्य अवस्थामा त अस्पतालले भर्ना नै लिँदैन। ‘सामान्य अवस्थामा हामी भर्ना लिँदैनौं,’ प्रसूति गृह इन्चार्ज शिला शर्माले भनिन्, ‘भर्ना भएका केहीलाई आज नभए भोलि शल्यक्रिया गर्नुपर्ने छ भने मात्र त्यस्तो अवस्थामा भर्ना लिन सक्छौं। नत्र भर्ना लिन मुस्किल छ।’ पूरै पाठेघर नखुलेसम्म अस्पतालले भर्ना लिन समस्या भएको उनले बताइन्।

पहिलाको तुलनामा अहिले भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको संख्या घट्दो रहेको उनको भनाइ छ। ‘पहिलापहिला त दैनिक २२-२३ जना आउनुहुन्थ्यो,’ उनले भनिन्, ‘पछिल्लो समय भेरी अस्पतालमा शय्या पाउँदैन भन्ने हल्लाले गर्दा धेरै गर्भवती निजी अस्पतालमा जानुहुन्छ।’ भेरी अस्पतालमा अन्य बिरामीहरूको संख्या बढ्दै जाँदा प्रसूति महिलाका लागि शय्या अभाव हुन थालेको बताइएको छ। यहाँ मासिक करिब पाँच सयजना जति महिलाले सेवा लिइरहेका छन्। प्रसूति गृहकी इन्चार्ज शर्माका अनुसार गत आर्थिक वर्षमा पाँच हजार पाँच सयजनाले सेवा प्राप्त गरेका छन्।

भेरीमा राम्रो हेरचाह हुन्छ भनेर आउने तर यहाँ शय्या अभाव हुँदा दुःख लागेको यहाँ भेटिएका नारायण खत्रीले बताए। ‘ठूलो विश्वास र भरका साथ भेरी अस्पताल आउँछौं तर यहाँ आउँदा शय्या नपाई निजी अस्पतालमा महँगोमा उपचार लिनुपर्ने बाध्यता छ। घर लैजाने हो भने कतिखेर बेथाले च्याप्ने हो पत्तो छैन। यहाँ राख्ने हो भने थप समस्या निम्तिने खतरा छ,’ यहाँ आउने गर्भवतीका आफन्त भन्छन्, ‘कडा बेथा नलागेकाले भर्ना गर्न मिल्दैन भनेर बाहिर राखेका छन्। हामी त यता न उताका भयौं। बाध्य भएर चिसो भुइँमै बसेका छौं।’

बिरामीको चाप बढ्दै जाँदा यसलाई थप व्यवस्थित गर्न थालिएको अस्पताल व्यवस्थापनले बताएको छ। ‘अहिले शय्या अभाव छ। 

प्रकाशित: १ चैत्र २०८० ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App