२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

३० वर्षमा तीन इन्च बढ्यो कम्मर

यस्ताे पनि!

पछिल्लो ३० वर्षमा महिलाको कम्मर तीन इन्चले बढेको बेलायतभर गरिएको सरकारी सर्भेले देखाएको छ। ३० वर्षअघि भने महिलाहरूको कम्मर जम्मा ३२ इन्च थियो। यो बढेर झण्डै ३५ इन्च (३४.६ अर्थात् ८८ सेमी) पुगेको छ।

बेलायतको हेल्थ इम्प्रुभमेन्ट एन्ड डिस्पारिटिजको सर्भेले जनाएअनुसार सन् १९९३ को तुलनामा कम्मरको मामिलामा झण्डै दोब्बर छ। त्यसो त पुरुषहरूको कम्मर पनि नबढेको होइन। उनीहरूको पनि यी ३० वर्षमा २६.६ इन्चबाट बढेर ३८.५ इन्चमा पुगेको छ।

समग्रमा ३६ प्रतिशत पुरुषहरू ज्यादै बढी कम्मरयुक्त भएका छन्।

सन् १९९० को दशकमा भने यो प्रतिशत २० मात्र थियो। ४० इन्चको कम्मर हुने तीव्र गतिमा पुरुषहरू बढिरहेको पनि अध्ययनले देखाएको छ।

सन् २०१९ मा पाँच वर्षभन्दा माथिका उमेर समूहका सबैले अनिवार्य रूपमा कम्मर नाप गर्नुपर्ने नियम छ। नियमअनुसार नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सलेन्स (नाइस)ले गत अप्रिलमा यो परिणाम प्रकाशन गरेको हो।

नेसनल ओबेसिटी फोरमका टाम फ्राई भन्छन्, ‘महिला र पुरुष दुवैको कम्मरको आकार बढ्नुको अर्थ हो, हरेक दिन मानिसले चाँडवाड मनाइरहेको छ र खान्कीमा कुनै कञ्जुस्याइँ गरिरहेको छैन।’

एउटा स्वस्थ मानिस यदि पाँच फिट १० इन्च अग्लो छ भने उसको कम्मर बढीमा ३५ इन्च (८९ सेमी) हुनुपर्ने मानक छ। यसअघि पनि चल्तीमा रहेको बिएमआई अर्थात् बडी मास इन्डेक्स (मोटाइअनुसारको वजन)ले पनि कुनै व्यक्ति स्वस्थ छ कि छैन भन्ने मापन गर्ने गरिन्छ।

यसअघि अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनले जति कम्मरको माप बढ्दै जान्छ, त्यसले मुटुको व्यथा बढाउने दर ११ प्रतिशतले बढ्ने जनाएको थियो। ४० देखि ७० वर्ष उमेर समूहमा यस्तो समस्या बढी देखिने र बिएमआई बढी छ भने यसको खतरा अझ बढी हुने अध्ययनले बताएको थियो।

बरु सम्पूर्णमा वजन बढ्नु ठीक रहेको तर पेट वरपर मासु थुप्रिनु स्वास्थ्यका लागि हानिकारक हुने अध्ययनले सुझाएको थियो। शरीरमा बढी बोसो जम्नुले आन्तरिक अंगहरूलाई छोपिदिँदा त्यसले रक्तसञ्चार र मुटुका गतिविधिलाई समस्यामा पार्ने अक्सफोर्डको भनाइ छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १९ पुस २०८० ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App