५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रसूति गृहको अप्रेसन कक्षमै स्तनपान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को अप्रेसन कक्षमै स्तनपान गराउन  सुरू गरेको छ।

जन्मेको एक घण्टाभित्रै आमाको दूध खुवाएमा नवजात शिशुको रोगसँग लड्न सक्ने क्षमता थप बढ्ने भन्दै अस्पतालले अप्रेसन थिएटरमै आमाको स्तनपान गराउन सुरु गरेको हो।

अस्पतालका बाल रोग विशेषज्ञ डा। शैलेन्द्र कर्माचार्य अनुसार  अप्रेसनबाट प्रसूति भएकी आमाले सामान्य जस्तो स्तनपान गराउन नसकेका कारण त्यही स्तनपान सुरु गरिएको जानकारी दिए। कर्माचार्य अनुसार सक्दो छिटो स्तनपान गराउँदा आमाको दूध नआउने समस्या आउँदैन र तुरुन्तै स्तनपान गराउँदा शिशु स्वस्थ हुन्छ र कृत्रिम दूध खुवाउनु पर्दैन।

अप्रेसन सकिने बित्तिकै स्तनपान गराउनका लागि अस्पतालले स्तनपान परामर्शदाता मार्फत थिएटरमै पुगेर आमालाई परामर्श दिने गरेका छन्। 

छिटो स्तनपान नगराएमा बच्चाकै शरीरमा हाइ पोग्लासीमियाँ (सुगर कम) हुन्छ र पछि बच्चाले आमाको दूध चुस्न नसक्ने समस्या आउँछ। समयमै स्तनपान गराएमा ३३ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने चिकित्सकहरूको बुझाइ छ। 

प्रकाशित: १३ पुस २०८० ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App