१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आजदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

तस्बिर सौजन्यः युनिसेफ नेपाल

सरकारले आजदेखि कर्णाली प्रदेशका ७ जिल्लामा खोप अभियान चलाउँदैछ। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइड विरुद्धको टि.सि.भी खोप अभियान आजबाट सुरु गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि पुष १४ गतेसम्म भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालनमा रहने बताएको छ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टि.सि.भी खोप दिइने छ।

यस्तै सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा टाइफाइड रोगविरुद्धको टि.सि.भी खोप दिइने मन्त्रालयले जनाएको छ।

खोप अभियानमा दिइने दादुरा–रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे बुझ्न नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ।

साथै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई छुट खोप पनि दिईने भएकाले आफूसँग भएको नियमित खोप कार्ड लिएर आउन पनि सरकारले आग्रह गरेको छ।

प्रकाशित: ५ पुस २०८० ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App