१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘आयुर्वेद उपचार सेवाको विस्तार गर्न आवश्यक छ’: स्वास्थ्यमन्त्री बस्नेत

बागलुङको बागलुङ नगरपालिका-६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्दै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने बताए।

‘अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौं’, उनले भने, ‘पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ।’

मन्त्री बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए। ‘हामीसँग अथाह जडीबुटी छ, पछिल्लो समय विकास भइरहेको खर्चिलो उपचारको सट्टा आयुर्वेद पद्धतिको विकास गर्न आवश्यक छ’, मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकासका लागि सरकारले जे जति गर्नुपर्थ्याे, अझै हुन सकिरहेको छैन।’

उनले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महाशभाको २२औं शृङ्खलाको शुभारम्भ समेत गरेका थिए। सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ-२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए। 

प्रकाशित: ५ कार्तिक २०८० ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App