१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सहिदनगर नगरपालिकामा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला

धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला (ल्याब) स्थापना भएको छ। मधेस प्रदेश सरकारको सहयोगमा सहिदनगर नगरपालिकाले प्रयोगशाला स्थापना गरिएको हो।

नगरवासीलाई स्वास्थ्य ल्याब परीक्षण गर्न महँगो मूल्य तिरेर जनकपुरै जानुपर्ने बाध्यता थियो। नगरपालिकाकै स्वास्थ्य केन्द्रमा ल्याब परीक्षण सुरु भएपछि नगरपालिकाबाट बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए।

मेयर यादवका अनुसार उक्त स्वास्थ्य चौकीमा ३८ प्रकारका परीक्षण सुरु भएको छ। ल्याब प्रयोगशाला स्थापनासँगै स्थानीयवासीले रगत, दिशा पिसाब जाँच गर्नुको साथै सुगर परीक्षण, एचआइभी एड्स लगायतका परीक्षण गर्न सहज हुने भएको छ।

भौतिक पूर्वाधारले सम्पन्न भएपनि स्वास्थ्य चौकीमा अहिलेसम्म ल्याब प्रयोगशाला नहुँदा स्थानीयवासी बाहिर गएर महँगो शुल्क तिर्न बाध्य हुँदै आएका थिए। स्थानीयवासी बाहिर जाँदा ल्याब परीक्षण गर्न एक दिनको समय लाग्नुको साथै बढी रुपैयाँ खर्च हुने अवस्था रहेकोमा ल्याब प्रयोगशाला स्थापनाले धेरै सहज हुने स्वास्थ्य चौकी प्रमुख कपिलदेव अधिकारीले बताए।

ल्याब प्रयोगशालाको शनिबार सहिदनगर नगरपालिकाका प्रमुख यादवले उद्घाटन गर्दै आम नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भएकोले स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि नगरपालिका सधैँ लागिरहेको बताए।

स्वास्थ्य नागरिकले मात्र देशको समृद्धि र विकासमा सहयोग पुर्‍याउने भन्दै सबल र स्वास्थ्य नागरिक बनाउने अभियानमा नगरपालिका लागिपरिको नगर प्रमुख यादवको भनाइ छ। 

छठ पर्व भित्रै उक्त स्वास्थ्य चौकीमा २४ औं घण्टा इमर्जेन्सी सेवा समेत सुरु उनले बताए।

प्रकाशित: १३ आश्विन २०८० १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App