२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

देशभर चिकित्सकमाथि कुटपिटको घटना बढेपछि चिकित्सकहरू फेरि आन्दोलित

तस्बिरसहित

देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्।  

हेटौँडामा चिकित्सकमाथि कुटपिटको घटना सेलाउन नपाउँदै मणिपाल शिक्षण अस्पताल पोखरा, लमजुङ अस्पताल, विराट मेडिकल कलेज, चितवनको बगौडा अस्पताल, पाटन अस्पताल लगायतमा कार्यरत चिकित्सक तथा आवासिय चिकित्सकमाथि कुटपिट तथा दुर्व्यवहारको घटनाले सेवा दिन असक्षम रहेको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्।  

सोमवार मात्रै मणिपाल र चितवनको बगौडा अस्पतालमा चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेको थियो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान चिकित्सकमाथि कुटपिट भएको छ।  

दोषी कोही भएको अवस्थामा कानूनी बाटो अपनाउनुको साटो अस्पताल घेरेर चिकित्सकमाथि कुटपिट गर्ने घटनाले आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै अस्पतालका सेवा बन्द गरेर आन्दोलनमा उत्रेका छन्।

नेपाल मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल, पोखराको मणिपाल शिक्षण अस्पताल, वीर अस्पताल, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज लगायत देशका विभिन्न अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्।  

उनीहरूले दोषीलाई कारबाही नगरेसम्म काममा नफर्किने पनि चेतावनी दिएका छन्। 

यसैबीच, नेपाल चिकित्सक सङ्घले घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ। सङ्घले बिरामीको सेवामा दिनरात खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बढ्दो कुटपिटको घटनाले काम गर्ने वातावरण नभएको हुँदा तत्काल कारबाहीको माग गरेको हो।

प्रकाशित: ९ आश्विन २०८० ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App