२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकमाथि कुटपिट गरेको विरोध गर्दै जिल्ला अस्पतालको सेवा ठप्प

उदयपुर अस्पताल। तस्विरः महेश्वर

मकवानपुरका चिकित्सकमाथि भएको कुटपिटविरुद्ध उदयपुर अस्पताल शुक्रबार ठप्प पारिएको छ। अस्पतालमा कार्यरत डा.माथि कुटपिट गर्नु अत्याचारको पराकाष्ठा भएको भन्दै त्यस्तो गतिबिधिविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषित कार्यक्रम अनुसार जिल्ला अस्पतालका स्वास्थ्यकर्मी समूहले सेवा ठप्प पारेका हुन्।

आन्दोलनको कार्यक्रम अनुसार शुक्रबार विहानदेखि टिकट काउन्टर बन्द भएका कारण ओपिडीमा कुनै बिरामीले उपचार पाउन सकेनन्। हरेक दिन ५ सयदेखि १ हजार ५ सय हाराहारी बिरामी स्वास्थ्य परीक्षण गर्न र उपचारार्थ आउने अस्पताल शुक्रबार आन्दोलनका कारण विहानदेखि सुनसान रह्यो।

विहान सबेरैदेखि टिकट काट्न लाईन बस्न आएका सेवाग्राहीहरु अस्पताल बन्द देखेपछि फर्कन बाध्य भएका थिए। बन्द गर्नेबारे सार्वजनिक जानकारी नपाएको हुनाले धेरे सेवाग्रही उपचारार्थ अस्पताल आएकोमा  काउन्टर बन्द देखेर फर्केका थिए। नियमित औषधि सेवन गर्ने तथा चेकजाँच गर्ने सेवाग्राहीलाई अस्पताल बन्दले मर्कामा परेको अस्पतालमा भेटिएका सेवाग्राही कर्ण खड्काले बताए।

स्वास्थ्य बिमा गरेका उनी नियमित सुगर र प्रेसरको औषधि खाँदै आएका छन्। बिमा गरेकाले निशूल्क औषधि पाउने आसामा उनी अस्पताल आएका थिए। तर बन्दका कारण त्यत्तिकै फर्कनु परेको दुखेसो उनले गरे। उनीजस्तै धेरै बिमित औषधि खाने बिरामीहरु स्वास्थ्यकर्मीको आन्दोलनले मार्कामा परेको बताइएको छ।  

प्रकाशित: २९ भाद्र २०८० ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App