१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकमाथि कुटपिट

हेटौंडाको एक निजी अस्पतालका दुईजना चिकित्सकहरूमाथि कुटपिट भएको छ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.प्रसान्त बिडारी र डा.विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही समूहले आज बिहान साङ्घातिक आक्रमण गरेका हुन्।

नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा.हरि बहादुर खड्काले ड्युटीमा खटिरहेको बेला केही समूहले साङ्घातिक दुईजना चिकित्सकमाथि आक्रमण गरेको नागरिक न्युजलाई बताए। उनले दुई महिना अघिको घटनामा अचानक बिरामीका आफन्तले ड्युटीमा रहेका सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्नुले चिकित्सकको ज्यानको जोखिम बढेको बताए।

उनका अनुसार दुई महिना अघि एकजना डेङ्गु सङ्क्रमित बिरामी सन्चो अस्पतालमा उपचारका लागि आएको र उनको उपचार सम्भवन नभएपछि तत्काल भरतपुरस्थित चितवन मेडिकल कलेज रेफर गरिएको थियो। चितवन मेडिकल कलेजमा उपचाररत ती बिरामीको २ दिनपछि मृत्यु भएको थियो। सोहि बहानामा २ महिनापछि मृतक बिरामीका आफन्तले अकस्मात ड्युटीमा खटिरहेका डा.थापा र डा. बिडारीमाथि आक्रमण गरेका हुन्।

उनले हाल यस विषयमा पीडित चिकित्सक र बिरामीका आफन्तबीच जिल्ला प्रहरी कार्यालयमा वार्ता भइरहेको पनि जानकारी दिए।  

डा.खड्काले बिरामीको मृत्यु भएकै बेला कुरा गर्नुपर्नेमा दुई महिनापछि ज्यानमार्ने तरिकाले चिकित्सकमाथि आक्रमण हुनु दुःखद भएको भन्दै दोषिलाई २४ घन्टाभित्र पक्राउ गरी आवश्यक कारबाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए।

उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीको उपचार सम्भव नहुने भएपछि चितवन पठाइएको हो। २ महिनापछि मृतक बिरामीका आफन्तले यसरी चिकित्सकको ज्यान जानेगरी आक्रमण गर्नु उचित होइन। दोषिमाथि कारबाही नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्नेछौं।’

प्रकाशित: २७ भाद्र २०८० ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App