२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

फायल तस्वीर

सरकारले तीन महिनाअघि चीनवाट खरिद गरी ल्याएको ह्युमन पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप यसपटक पनि प्रर्दशन तहमै सीमित हुने भएको छ। सरकारले गत असारमा चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको ‘सिकोलिन’नामक खोप ल्याएको थियो। करिब नौ करोड बढी मूल्य तिरेर ल्याएको सो खोप भने २० हजार भाइल मात्र छ।

लक्षित जनसंख्यालाई पुग्नेगरी खोप दिनुपर्नेमा अपुग भएपछि सरकारले यसपालि वितरण गरिने खोपलाई ‘प्रदर्शन तह’ को खोप अभियान नामकरण गरेको छ। प्रदर्शन शैलीकै खोप वितरण गरेको यो दोस्रो पटक हो। सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एचपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।

सरकारले तीन महिनाअघि चीनवाट खरिद गरी ल्याएको ह्युमन पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप यसपटक पनि प्रर्दशन तहमै सीमित हुने भएको छ।

यो खोप महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध हो। असुरक्षित यौन सम्बन्ध तथा अन्य कारणले यो भाइरसको संक्रमण महिलामा भयो भने पाठेघरको मुखको क्यान्सर हुन्छ। यो खोप यौन सम्बन्धमा जानुअघिका किशोरी, युवती तथा बालिकाहरूलाई दिइन्छ। नेपालमा प्रतिवर्ष दुई हजार जनामा पाठेघरको मुखको क्यान्सर हुने गर्छ।

खोपको संख्या सीमित भएपछि सरकारले यो वर्ष १० देखि १४ वर्षभित्रका बालिकालाई मात्र दिने निधो गरेको छ। भदौ २० गतेदेखि विभिन्न जिल्लामा वितरण गर्ने तयारी गरेको छ। सरकारले खोप ल्याएको तीन महिनापछि मात्र खोप वितरण गर्ने तयारी गरेको हो।

बुधबार परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले भने, ‘यो खोप प्रदर्शन तहको मात्रै हो, थप खोप ल्याउने प्रक्रियामा छाैं,’ उनले भने। लक्षित जनसंख्यामा यही वर्ष खोप नपुग्ने भएपछि अन्तर्राष्ट्रिय खोप व्यवस्थापन संस्था गाभीमार्फत खोप लिने प्रस्ताव अघि बढेको खोप शाखाका प्रमुख डा. गौतमले बताए।

हाल लिएको २० हजार खोप नौ हजार जतिलाई मात्र दिन पुग्ने गौतम बताउँछन्। तर नेपालमा एपिभी भाइरसविरुद्ध खोप लगाउनपर्ने बालिकाहरूको संख्या भने हाल मात्र १६ लाख ५० हजार छ। गाभीको खोप आएपछि अहिलेको उमेर समुहमा हेरफेर गरी नियमित खोप कार्यक्रममा राख्ने योजना बनाएको प्रमुख  डा. गौतमले बताए।

खोपको संख्या सीमित भएपछि सरकारले यो वर्ष १० देखि १४ वर्षभित्रका बालिकालाई मात्र दिने निधो गरेको छ। भदौ २० गतेदेखि विभिन्न जिल्लामा वितरण गर्ने तयारी गरेको छ। सरकारले खोप ल्याएको तीन महिनापछि मात्र खोप वितरण गर्ने तयारी गरेको हो।

यो खोप एक डोजकै चार हजार भन्दा बढी नेपाली मूल्य बराबर पर्न आउँछ। सरकारले खरिद प्रक्रियाबाट लक्षित सबै संख्यालाई लिन अपुग भएपछि गाभीमार्फत खोप अर्को वर्षतिर आउन सक्ने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए। तर गाभीले कुन वर्ष कति दिन सकिने भन्ने विषयमा यकिन गरिसकेको नभएको खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतम बताउँछन्।

सरकारले यसअघि नै कास्की र चितवनमा नमूना परियोजना अन्तर्गत एचपिभी भाइरसविरुद्ध खोप दिएको थियो। दोस्रोपटक लिएको २० हजार भाइल खोप पनि प्रदर्शनकै लागि हुनु सही व्यवस्थापन हुन नसक्दाको परिणाम रहेको डा. गौतम बताउँछन्। ‘दोस्रोपटक पनि नमूनाकै शैलीमा खोप वितरण गर्नु उचित थिएन,’ उनले भने।

प्रकाशित: १४ भाद्र २०८० ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App