११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

एन्टिस्नेक भेनम उत्पादन नारामै

फाइल तस्वीर

सर्लाहीको लालबन्दी नगरपालिका-१ मा विषालु सर्पका टोकाइपछि निको पार्न लगाइने खोप उत्पादन गर्ने कारखाना बनाउने काम नारामै सीमित छ। सो कारखानाका लागि करिब १० वर्षपहिले १० बिघा जग्गा खरिद गरिएको थियो। सो जग्गासँगै अरू १० कट्ठा ऐलानी जग्गा पनि छ। तर उपभोग हुनुको सट्टा सो जग्गामा अहिलेसम्म कम्पाउन्ड वाल पनि निर्माण हुन सकेको छैन।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा चुनावमा सर्लाही क्षेत्र नम्बर १ बाट चुनाव लड्दा प्रचारका क्रममा सर्पपालनको प्रतिबद्धता जनाएका थिए।

झलनाथ खनाल प्रतिष्ठानको नाममा मोटो रकम विनियोजन भयो तर सबैतिरबाट विरोध भएपछि प्रतिष्ठानको नाम बदलेर राष्ट्रिय स्वास्थ्य विज्ञान एवम् अनुसन्धान परिषद् बनाइएको छ। जुन नाम भए पनि काम हुनुपर्नेमा पहिले नामको विरोध गर्नेहरूले भने कामका लागि चासो दिएको देखिएको छैन।

नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादनका लागि पहल गर्न प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो। प्रतिष्ठान स्थापना भए पनि अहिलेसम्म त्यसले कुनै उपलब्धिमूलक काम गर्न सकेको छैन।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा चुनावमा सर्लाही क्षेत्र नम्बर १ बाट चुनाव लड्दा प्रचारका क्रममा सर्पपालनको प्रतिबद्धता जनाएका थिए।

जब कि प्रतिष्ठानले अहिलेसम्म १९ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ। सर्पपालनदेखि औषधि उत्पादनसम्मका लागि २० वटा भवन निर्माण आवश्यक छ। अहिले चारवटा भवन निर्माणका लागि ३४ करोड रूपैयाँमा सम्झौता भएर काम विस्तारै अगाडि बढेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तको भनाइ छ।

अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने, भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने, सर्पपालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्नेलगायत सम्झौता र समझदारी भए पनि प्रतिष्ठानको काम भने जहाँको तहीं रहँदा ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ।

अहिलेसम्म सरकारबाट प्राप्त रकम डिपिआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तको भनाइ छ। प्रतिष्ठानले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ। एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छक। तर बजेट अभावले काम अघि बढ्न नसकेको अध्यक्ष पन्तको भनाइ छ।

प्रतिष्ठानको गुरुयोजनामा साढे तीन अर्बको लागतमा नेपालमै एन्टिस्नेक भेनम उत्पादन सम्भव हुने उल्लेख छक। केपी शर्मा ओली नेतृत्वको सरकारले ७२ करोड रूपैयाँ दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले ६ करोड रूपैयाँ बजेट पठाएको थियो। प्रदेश सरकारले यस रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा अहिलेसम्म प्राप्त भएको छैन। स्थानीय सरकारले समेत वार्षिक एक करोड रूपैयाँ दिने सम्झौता भए पनि लालबन्दी नगरपालिकाले सम्झौता अनुसारको ५ करोड रूपैयाँ भुक्तानी गरेको छैन।

अहिलेसम्म सरकारबाट प्राप्त रकम डिपिआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तको भनाइ छ। प्रतिष्ठानले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ।

प्रतिष्ठानका अध्यक्ष पन्त नेकपा एमालेका मधेस प्रदेश उपाध्यक्षसमेत हुन्। प्रतिष्ठान पहिले व्यक्तिको नाममा खुलेका कारण धेरैतिरबाट विरोधको सामना गर्नुपरेको थियो। प्रतिष्ठानका अध्यक्ष नेकपा एमालेका भएकाले एमाले सरकारमा नहुँदा कतैबाट सहयोग हुन नसकेको बुझाइ पनि धेरैको रहेको छ। प्रतिष्ठान अध्यक्ष पन्त अपेक्षाअनुसार प्रतिष्ठानको काममा प्रगति हुन नसकेको स्वीकार गर्छन्।

प्रकाशित: २८ असार २०८० ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App