१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बास्केटबलमा ज्ञान भूमि र हेराल्डलाई सफलता

ज्ञान भूमि र हेराल्डले शुक्रबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन्।

बुढानीलकण्ठ नगरपालिका–२ स्थित आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) को घरेलु कोर्टमा हेराल्डले ह्वाइट माउन्टेनलाई २५–२२ तथा ज्ञान भूमिले बुढानीलकण्ठ आश्रमलाई १७–१३ ले हराउँदै सफलता प्राप्त गरेका हुन्। हेराल्डका सम्राट श्रेष्ठले १४ तथा ज्ञानभूमिका मदन मगरले आठ अंक जोडे। सिनियर ब्वाइजमै ग्रिनल्यान्डले साइपाललाई ६८–४९, टेरेसाले भद्रकालीलाई २५–२२ र एचएचसिएले मनास्लुलाई ३१–१९ ले हराए। ग्रिनल्यान्डका प्रवीण गुरुङले १९, टेरेसाका सञ्जय गोलेले ९ र एचएचसिएका डेभिड रईले आठ स्कोर गरे।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गल्र्समा ग्रिनल्यान्डले टेरेसालाई २५–१८ तथा पृथ्वीले मनास्लुलाई ४०–३१ ले पाखा लगाए। ग्रिनल्यान्डकी श्रृशा गुरुङले ५ तथा पृथ्वीकी रुसेल मगरले १५ अंक बटुले। जुनियर ब्वाइजमा सेन्ट जोसेफले भद्रकालीलाई १४–१२ तथा वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले ग्रिनल्यान्डलाई १५–१४ ले पन्छाए। सेन्ट जोसेफका सन्जोग मगरले पाँच तथा बिएनएका सिद्धार्थ शर्माले ९ स्कोर गरे।

 

प्रकाशित: २० जेष्ठ २०८० ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App