४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित

क्याप्सनः साकेलालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै जिल्ला समन्वय प्रमुख सनबहादुर राई र गाउँपालिका अध्यक्ष रबिप्रकाश राई । तस्विरः महेश्वर

खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित हुन सफल भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।  

गाउँपालिकालाइ पूर्ण खोप सुनिश्चित घोषणा गर्नका लागि बिगत १५ महिनादेखि निरन्तर अभियान चलाउदै आइएको थियो। गाउँपालिकाका सबै वडाका बालबालिकालाई खोप दिने अभियान अनतर्गत ५९ महिना मुनिका बालबालिकालाई सबैखाले खोप दिइसकेर तोकिएका सरकारी सूचकहरु पुरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। त्यसैगरी ० देखि १५ महिनासम्मका बालबालिकालाई दिनुपर्ने खोपहरु पनि सबै लगाउँदै गरेको हुनाले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषिता गरिएको स्वास्थ्य कार्यालय खोटाङ टाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।  

साकेला गाउँपालिका २, रतन्छामा बिहीबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई र स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले संयुक्त रुपमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरे। पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेपछि उपस्थित सबै वडाध्यक्षलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अन्य सहभागीहरु सबैले पूर्ण खोप सुनिश्चित घोषणाको प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै औपचारिक रुपमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणालाई औपचारिक्ता दिइयो।  

कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख सनबहादुर राईले साकेला गाउँपालिकामा घोषित पूर्ण खोप सुनिश्चित्तालाई दिगो रुपमा अघि बढाउँदै जिल्लाकै पहिलो पटक खोप सुनिश्चित हुन सफल भएकोमा अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण गाउँपालिकाबासीलाई बधाई दिए। घोषित पूर्ण खोप सुनिश्चित कार्यक्रमलाई दीगो राख्दै आगामी दिनमा बालबालिकालाई उनीहरुको अधिकारभित्र पर्ने सबै खाले खोप दिलाउने कुरामा निरन्तरता दिइराख्न पनि उनले सुभेक्षा प्रकट गरे। अन्य स्थानीयतहहरुभन्दा पहिला पूर्ण खोप सुनिश्चित घोषणा हुनुले साकेला स्वास्थ्यक्षेत्रमा १० वटै स्थानीयतहमध्ये सबभन्दा अगाडि रहन पुगेकोमा समन्वय प्रमुख राईले जनप्रतिनिधिहरुको प्रशंसा गरे।  

गाउँपालिका अध्यक्ष राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यतर्फ लैजाने पहिलो खुड्किला रुवरुप पूर्ण खोप अभियान सञ्चालन गरेको र जिल्लाका अन्य स्थानीयतहहरुमा सबभन्दा पहिले सफलता प्राप्त गरेको बताए। उनले पूर्ण खोप सुनिशिचत घोषणा कार्यक्रम गाउँपालिकाका लागि महत्वपूर्ण सूचक भएको बताउदै जिल्लाका १० वटा स्थानीयतहमध्ये सबभन्दा पहिला साकेला पूर्ण खोप सुनिश्चि बनाउन सहयोग गरेकोमा सम्पूर्ण गाउँबासी तथा सहयोगी सरोकारवाला संघसंस्था र व्यक्तिहरुलाई धन्यबाद दिए। यो सफलताले आफुलाई अत्यन्तै खुसी लागेको बताउँदै अध्यक्ष राईले साकेलाबासी नागरिकको स्वास्थ्यप्रति सँधै गम्भीरु र संवेदनशिल भएर निरन्तर सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे।

साकेलाले देखेको सपना साकार पार्न बिभिन्न क्षेत्रबाट उक्तिकै भूमिकाको महत्व हुने भन्दै उनले स्थानीय सरकारले नदेख्ने कुरालाई सचेत नागरिकले देखाएर आँखा खोलिदिन आग्रह पनि गरे। गाउँपालिकालाई समृद्ध, सुखी र खुसी देख्न चाहने हरेक नागरिकले जनप्रतिनिधिले नदेखेका र बिबेकले नभ्याएका कुरा देखाउन, आँखा खोल्न झक्झक्याईरहन उनको आग्रह थियो। ‘हामी निरन्तर गाँपालिकाबासी नागरिकको पक्षमा काम गरिरहेका छौं र गरिरहने नै छौँ’ अध्यक्ष राईको आग्रह थियो ‘तर, काम गर्दा गर्दै जाँदा कतिपय अवस्थामा कमीकमजोरी पनि हुनसक्ला। त्यस्तो देखिए हाम्रो आँखा खोलिदिनु होला, हामी आफ्नो कमजोरी महसुस गर्दै सुधार्नेतर्फ लाग्ने प्रतिबद्धता जाहेर गर्दछु।’ स्थानीय सरकारको वुद्धि विवेकले नभ्याएका कुराहरु सचेत नागरिकले देखाएर, खबरदारी गरेर अघि बढ्न सके मात्र साकेलालाई समृद्धिको गन्तव्यसम्म पुर्याउन सकिने उनको धारण थियो।  

त्यसैगरी स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले साकेला गाउँपालिकाका ५ वटै वडाका बालबालिकालाई सरकारले तोकेको मापदण्ड बमोजिम सम्पूर्ण खोप लगाईसकेकाले यो गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित घोषणा हुन सफल भएको बताए। कार्यक्रममा १ नं. वडाक्ष हेमन राई र २ का जितेन्द्र राई, जनस्वास्थ्य कार्यक्रम अधिकृत जीवन चौलागाई, नेपाली काँग्रेस प्रतिनिधि सिजन राई, जनता समाजबादीका युवराज राई, आधारभूत अस्पतालका डा. किसन घिमिरे, साकेला माविका प्रधानाध्यापक शिवेन्द्र राईलगायतले गाउँपालिका पूर्ण खोप सुनिश्चित भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए।  

प्रकाशित: २४ चैत्र २०७९ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App