२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मेडिकल काउन्सिलको नयाँ आचार संहिता सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। काउन्सिलले आचार संहितासहित प्रतिवेदन ल्याएको हो।  

चालु आर्थिक वर्षभरिमा चिकित्सकको आचारसंहिता तथा कारबाहीसम्बन्धी निर्णय गरेको छ। जसअनुसार दुई महिनादेखि दुई वर्षसम्म निलम्बन हुने व्यवस्था गरेको छ। चिकित्सकको लापरबाहीको कारण मृत्यु भएमा, चिकित्सकले सम्बन्धित विषयको औपचारिक ज्ञान र सिपविना उपचार गरेमा, कानुन वर्जित उपचार गरेमा अनुचित आर्थिक प्रभावमा परी काम गरेमा, योग्यतविपरीत काम गरेमा उल्लेखित कारबाही हुने भनिएको छ।  

त्यसैगरी चिकित्सकमाथि परेको फौजदारी अभियोगको अनुसन्धान गर्न दु्रत कार्य समूह निर्माण गरी अनुसन्धान प्रक्रिया गरी कारबाही अघि बढाउने निर्णय गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षासम्बन्धी ऐन २०६६ को पालना गर्न स्वास्थ्यमन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ।  

त्यसैगरी रेडियोलोजी सेवा प्रदान गर्दा जीवनरक्षाको स्थितिबाहेक अन्य अवस्थामा वाहेक रेडियोलोजी सेवा तथा रिपोर्टिैङ मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा उर्तीण गरी नेपाल मेडिकल काउन्सिलबाट मान्यता पाएको विशेषज्ञले मात्र गर्ने निर्ण गरेको थियो।  

उपचारको क्रममा हुन सक्ने चिकित्सकीय लापरवाही या त्रुटिसम्बन्धी कारवाही गर्दा नेपाल मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सकको समितिले अनुसन्धानको प्रतिवेदनपछि मात्र सरकारी वकिलले मुद्दा दर्ता गर्नुपर्ने निर्णय भएको छ। काउन्सिलले उल्लेखित निर्णयसहित अन्य विविध निर्णयहरू गरेको छ।  

यो अवधिमा चिकित्सक उपर भएका उजुरी र कारबाहीको विषयमा पुन सार्वजनिक गर्ने काउन्सिलका रजिष्ट्रार कृष्ण प्रसाद अधिकारीले बनाए।

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App