१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।

औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ। मोरङको कुल जनसंख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.सुरेश मेहताले बताए।

मोरङमा यस अघि एघारौं पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो। ‘सफलता प्राप्त नभएपछि बाह्रौं पटक औषधि खुवाउन लागेका छौं’, प्रमुख मेहताले भने, ‘यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौं।’

गर्भवती, छारे रोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधि सहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ। रासस

प्रकाशित: ३ फाल्गुन २०७९ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App