१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वडा वडामै स्वास्थ्य सेवा

कालिकोटको रास्कोट नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ।। नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। अहिले नौवटै वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरिएको छ।

ठाउँठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भएको स्थानीय राजपुरा शाहीले बताइन्। गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घन्टौं लगाएरऋण खोजेरै जिल्ला सदरमुकाम पुग्ने गरेको अनुभव उनले सुनाइन्। उनी भन्छिन्, ‘ज्वरो आए, हातखुट्टामा चोट लागे सदरमुकाममै पुग्नुपथ्र्यो भने अहिले गाउँमै उपचारहुन्छ। गाउँमै उपचारगर्न पाउँदा खुसी लाग्छ। अब सदरमुकामै जानुनपर्ने भएको छ।’

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेको जनाउँदै अहिले बिरामी हुनेबित्तिकै स्वस्थ्यचौकी पुगेरजाँच गर्ने रठूलो उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचारपाउने गरेको उनको भनाइ छ। पहिले–पहिले स्थानीय बिरामी हुँदा अस्पताल जानुको सट्टा धामी–झाँक्री खोज्न जाने गरेको स्मरण गर्दै अहिले धेरैजसो बिरामी पर्दासाथ अस्पताल जाने गरेको स्थानीयले बताएका छन्।

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन नगरपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेरसञ्चालन गरेको नगरउपप्रमुख मनिराज बरालले बताए। नागरिक बिरामी परे घन्टौं लागेरस्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रूपमा सहज गराउन गाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना रनगरमा अस्पताल स्थापना गरेको उनको भनाइ छ।

नगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकीको स्तरवृद्धि गर्ने रआधुनिक उपकरण तथा औषधि व्यवस्थापनमा जोड दिएको नगरपालिकाले जनाएको छ। पहिले घन्टौं लगाएरस्वास्थ्य संस्थामा आउने नागरिक अहिले १५ मिनेटमा आउन सक्ने भएका छन्।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य संस्थामा आवश्यक उपकरण जडान, औषधी रदक्ष जनशक्ति व्यवस्थापनमा लागिरहेको नगरप्रमुख धर्मराज शाहीले बताए। गाउँमा आवश्यक शिविरदेखि लिएरस्वास्थ्य संस्थामा औषधी उपकरण जनशक्ति व्यवस्थापनमा कमी नगरेको उनको भनाइ छ।  

अहिले मेयरहेल्थ केयरअभियान सञ्चालन गरिरहेको शाहीले बताए। उनी भन्छन्, ‘पहिले घन्टौं लगाएरस्वास्थ्य संस्था पुग्ने बिरामी अब आधा घन्टामै उपचारगराउन पुग्छन्।। स्वास्थ्य सेवालाई सहज रसर्वसुलभ बनाउने अभियानमा हामी छौं।’

होम डेलिभरी शून्य

पछिल्लो तीन वर्षयता रास्कोट नगरपालिकामा होम डेलिभरी शून्य रहेको छ। नागरिकस्तरमा चेतनाको अभिवृद्धि रपालिकाको प्रभावकारी कार्यक्रमले रास्कोटमा शून्य होम डेलिभरी हुन सफल भएको स्वास्थ्य संयोजक हंशराज बरालले बताए। गर्भवती नियमित गर्भ परीक्षण गर्न आउने रउनीहरूलाई स्वास्थ्यकर्मीले परामर्श दिइराखेको उनको भनाइ छ।

प्रकाशित: २३ माघ २०७९ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App