२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘स्वास्थ्य मन्त्रालयसँग नै स्वास्थ्य क्षेत्रका आँकडा छैन’

मानववादी समाज (सोच) नेपाल, दि एसिया फाउन्डेसन र सिभिल खबर जस्ता संस्थाले नेपालमा डिजिटल स्वास्थ्यप्रणाली, सम्भावना र चुनौती विषयक गोष्ठी आयोजना गरेका छन्।नेपालमा डिजिटल स्वास्थ्य प्रणाली लागु गर्ने सोचका साथ गोष्ठीको आयोजना गरिएको हो।

काठमाडौंमा आयोजित सो कार्यक्रममा सोच नेपालका कार्यकारी अधिकृत उत्तम निरौलाले एक कार्यपत्र प्रस्तुत गर्दै हरेक नेपालीले पाउने सेवा सहज बनाउनुपर्ने बताए। यस्तै नेपाल सरकारले बनाएको डेटा अंगाल्नुपर्ने उनको भनाइ छ।

डिजिटल स्वास्थ्य प्रणालीको चुनौती र यसबाट हुने फाइदाबारे सहभागी स्वास्थ्यविज्ञ, चिकित्सक, अर्थविज्ञ र सर्वसाधारणले आआफ्नो विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा सांसदद्वय रामहरि खतिवडा र डा.चन्दा कार्की, राष्ट्रिय स्वास्थ्य अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा.प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्रालयका यज्ञ खनाल र राजेन्द्र पौडेल, इन्जिनियर सुदर्शन शर्मा, जिआइजेडका निर्मल ढकाल लगायत सहभागी थिए।

कार्यक्रमका वक्ताहरूले डिजिटल स्वास्थ्य प्रणाली अवलम्बन गर्दा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताएका थिए।

त्यस्तै साइबर सुरक्षा, डाटा सेक्युरिटी, पब्लिक अनरसिप, डाटाको आधार(बेस)बारे चुनौती हुने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ।

मानववादी समाज (सोच) नेपाल अध्यक्ष डा. दामोदर पुडासैनीले ईहेल्थ प्रणाली आजको आवश्यकता भएको औंल्याए। उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा धेरै खर्च भए पनि प्रभावकारी काम भएको छैन। जनताको स्वास्थ्यमाथि कसैले खेलवाड गर्न मिल्दैन। स्वास्थ्य मन्त्रालयसँग नै स्वास्थ्य क्षेत्रका आँकडा छैन।’

उनले ईहेल्थ प्रणालीको स्थापनाले जनताले समयमै उचित स्वास्थ्य सुविधा पाउने,स्वास्थ्य क्षेत्रको भ्रष्टाचार घट्ने र यो अभियानमा सरकार तथा सरोकारवाला सबै निकाय जिम्मेवार हुनुपर्ने बताए।  

प्रकाशित: १८ माघ २०७९ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App