१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

५५ वर्षकी महिलाले नर्भिकमा आइभिएफ प्रविधि प्रयोग गरी जन्माइन् सन्तान

ललितपुरकी ५५ वर्षीया महिला टेष्टट्युब बेबी प्रविधिबाट आमा बन्न सफल भएकी छन्।  

नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तान जन्माएकी छन्। शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।  

बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिने बताउँदै नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्टट्युव बेबी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक आइभीएफ प्रविधिमा देखिनसक्ने उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रिया अवलम्बन गर्न सफल भएको बताइन्।  

नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ प्रविधिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन।

 

प्रकाशित: ७ मंसिर २०७९ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App