५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
शिक्षा

एसइईको ‘मिसिङ नतिजा’ सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ‘मिसिङ नतिजा’ सार्वजनिक गरेको छ।

बोर्डले मंगलबार ८ सय ९० जना परीक्षार्थीको नतिजा प्रकाशन गरेको हो।

बोर्डका अनुसार यसअघि नतिजा प्रकाशन नभएका र परीक्षामा सहभागी हुँदाहुँदै पनि अनुपस्थित देखिएका परीक्षार्थीहरूको नतिजा अहिले सार्वजनिक गरिएको हो।

प्रकाशित नतिजा ‘मिसिङ लट १०६’ सम्मको रहेको बोर्डले जनाएको छ। प्राविधिक वा अन्य कारणले परीक्षा दिएर पनि नतिजा नआएका विद्यार्थीहरूको गुनासो सम्बोधन गर्न बोर्डले यो छुट्टै नतिजा निकालेको हो।

प्रकाशित: ५ जेष्ठ २०८३ २१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App