१६ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक आइपुग्यो, बिक्री सुरु

ताप्लेजुङ जिल्लाका कक्षा १–५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीका पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आइपुगेका छन् । यहाँका अधिकांश सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको जिल्ला समितिले संयुक्त रूपमा बिक्री गर्ने गरेका छन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार कक्षा १ देखि ५ सम्मका सबै विषयका एक हजार सेट पाठ्यपुस्तक सदरमुकाम फुङलिङ आइपुगेका छन् । पाठ्यपुस्तक बिक्री केन्द्रमा राखी सोमबारबाटै बिक्री वितरण सुरु गरिएको भट्टराईले बताए ।

कक्षा ६–१० का पाठ्यपुस्तक पनि केही दिनभित्रै आइपुग्ने उनले जानकारी दिए । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले चैत १५ भित्रमा पाठ्यपुस्तक सदरमुकाम फुङलिङ झारी सक्ने कार्ययोजना बनाएको थियो । कार्ययोजनाअनुसार समयमै पाठ्यपुस्तक आएको भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार कक्षा १ को पाठ्यपुस्तकको एक सेटको मूल्य ४२० रुपैयाँ ८० पैसा, कक्षा २ को ५५६ रुपैयाँ ८० पैसा, कक्षा ३ को ५८० रुपैयाँ ८० पैसा, कक्षा ४ को ६०२ रुपैयाँ ८० पैसा र कक्षा ५ को ६३३ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

करिब एक दशकअघिदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले सामुदायिक विद्यालयका पाठ्यपुस्तक संयुक्त रूपमा बिक्री गर्दै आएका छन् ।

प्रकाशित: १६ चैत्र २०८२ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App