१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
शिक्षा

पोखरा विश्वविद्यालयका स्थगित परीक्षा भदौ २२ गतेदेखि सञ्चालन हुने

पोखरा विश्वविद्यालयले प्राकृतिक प्रकोपका कारण स्थगित गरेको स्प्रिङ २०२६ अन्तर्गतको परीक्षा भदौ २२ गतेदेखि सञ्चालन गर्ने भएको छ।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै यसअघि भदौ १९ गतेदेखि हुने भनिएको परीक्षा संशोधित तालिकाअनुसार भदौ २२ गतेदेखि सञ्चालन हुने जनाएको हो। परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रमै सञ्चालन हुने विश्वविद्यालयले स्पष्ट पारेको छ। सम्बन्धित सबै परीक्षार्थीलाई संशोधित तालिकाअनुसार परीक्षामा सहभागी हुन भनिएको छ।

यस्तै, स्नातकोत्तर तहको परीक्षा भने यसअघि प्रकाशित तालिकाअनुसार नै सञ्चालन हुने विश्वविद्यालयका परिक्षा नियन्त्रक राजु पाण्डेय जनाएका छन्।

प्रकाशित: १६ भाद्र २०८३ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App