१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षा मन्त्री महावीर पुन भन्छन्ः विद्यालय चलाउन सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ

फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समितिहरू गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्रालयले जारी गरेको निर्देशनअनुसार विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूलाई तत्काल समिती गठन गर्न सूचना दिइएको छ।

मन्त्री पुनका अनुसार यस्तो मनपरी कार्यले विद्यालयको गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमाथि गम्भीर असर परेको छ। ‘विद्यार्थीको भविष्यसँग खेलवाड हुने कुनै पनि गतिविधि सह्य हुँदैन,’ उनले भने, ‘नियमअनुसार विद्यालय चलाउन सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ।’

मन्त्रालयले स्पष्ट जनाएको छ कि निर्देशन नमान्ने पालिकाहरूलाई विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिनेछ। साथै, यस्ता पालिकाहरूका नाम पनि संकलन भइरहेको जानकारी मन्त्री पुनले दिएका छन्। साथै, पीडित अभिभावकहरूलाई पनि आफ्ना क्षेत्रमा भएको अनियमितताबारे मन्त्रालयलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित: १७ मंसिर २०८२ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App