नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबिच ६ बुँदे सहमति भएको छ।
सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका छन्। पटक-पटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरी अनसन तोडाएका हुन्।
डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको दाबी गरेका छन्। उनले भने, 'यो डा. केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।'
डा. केसी र सरकारबिच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
सहमति पत्र



प्रकाशित: २१ कार्तिक २०८३ ०६:४० शनिबार



-1200x560-600x400.jpg)

