१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो'

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नतिजा प्रकाशनमा ढिलाइ गरेको प्रति धादिङ नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आन्दोलन गरेका छन्। आइतबार नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले त्रिविले प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै आन्दालन गरेका हुन्।  

उनीहरुले ‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन‚ यस्तो विश्वविद्यालय चाहिँदैन’ लगायतका नारा लेखिएको प्ले कार्ड सहित प्रदशन गरेका थिए।  

त्रिविले गत साउनमा लिएको मानविकी संकायको बि.ए प्रथम वर्षको नतिजा, व्यवस्थापन संकायको बिबिएस प्रथम वर्ष लगायतको नतिजा प्रकाशन गरेको छैन।

रत्न राज्यलक्ष्मि क्यामपसका बि.ए तेस्राे वर्षमा अध्यन्रत  विद्यार्थी ओमन नेपालीले भने,‘ मैले बि.ए प्रथम वर्ष २०७६ सालमा भर्ना गरे तर अहिले २०७९ सालमा आइसक्दा पनि त्रिविले नतिजा नै निकाल्दैन’ बि.ए प्रथम वर्षमा भर्ना गरेको तिन वर्ष भयो भने परिक्षा दिएको १५ महिना वित्नलाग्दा पनि नतिजा निकालेकाे छैन्।'

उनले मात्र होइन त्रिभुवन विश्वविद्यालयमा पढने अधिकांश परीक्षार्थीहरु समयमा नतिजा नआउँदा चिन्तित भएर बसेका छन्।  

प्रकाशित: २१ कार्तिक २०७९ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App