१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कोसी प्रभावित बालबालिकालाई सेभ द चिल्ड्रेनको सहयोग

कोसी बाढी प्रभावित विद्यालयका बालबालिकालाई सामग्री दिँदै बेलका उपमेयर जीरा राई र संयोजक बुढाथोकी।

नेपालको अन्तराष्ट्रिय सहयोगी संस्था ‘सेभ द चिल्ड्रेन’को सहयोगमा उदयपुरको सप्तकोसी बाढीबाट प्रभावित विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ। सदरमुकामस्थित बालविकास समाज नेपाल (सिडिएस) उदयपुरमार्फत उक्त संस्थाले सहयोग गरेको हो।  

साउन तेस्रो साता अविरल वर्षाले सप्तकोसीको बाँध फुटेर बस्तीतर्फ पसेको बाढीले प्रभावित बनाएका क्षेत्रबासीका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको सेभका परियोजना संयोजक दिपकराज बुढाथोकीले बताए। उनका अनुसार गएको ३ दिनयता बाढी प्रभावित क्षेत्रका विद्यालयमै पुगेर बालबालिकालाई सामग्री वितरण गरिएको हो।

यसअघि बाढी प्रभावित क्षेत्रका स्थानीयलाई अत्यावश्यक सामग्रीहरु पनि संस्थाले वितरण गरिसकेको सेभले पछिल्लो समय ७ वटा विद्यालयमा शिक्षण सामग्री दिने काम शनिबार सम्पन्न भएको बुढाथोकीले बताए। बाढीले बढी प्रभावित क्षेत्रका विद्यालयमा शिक्षण सिकाई प्रक्रियालाई सहज बनाउन शिक्षकहरुलाई आपतकालीन अवस्थामा पनि शिक्षण प्रक्रिया सुृचारु गर्ने विषयमा दुुईदिने तालिमसमेत प्रदान गरेको छ।  

बालबालिकाहरुमा बाढीले पार्ने मानसिक तनाव कम गर्न विभिन्न शिक्षण सिकाइका माध्यमबाट बालबालिकाको डर, त्रास हटाएर मनोवैज्ञानिक रुपमा सबल बनाउँदै उनीहरुको शिक्षण प्रक्रियामा दैनिक नियमित सक्रिय सहभागी गराउन तालिम दिइएको बुढाथोकीले बताए। त्यसका लागि सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सिडिएसमार्फत् बालबालिकालाई विद्यार्थी शिक्षण सामग्री प्रदान गरिएको उनको भनाई छ। यसपटक कोसीपीडित बालबालिकालाई सेभले पुस्तक बोक्ने व्याग, पोशाक, कलर पेन्सिल, पानी खाने बोतल, पेन्टी, काइयो, नङ कट (नेलकटर), ड्रोइङ कपीलगायत शैक्षिक सामग्री प्रदान गरेको छ।  

बालविकास समाज उदयपुरका अध्यक्ष इश्वर रानामगरले यसपटक बालबालिकालाई सँगै बाल विकास केन्द्रका सहजकर्ताहरुलाई पनि शिक्षण सामग्री प्रदान गरिएको बताए। जस अनु्सार बेलका नगरपालिका ८ को सिसौली, ९ को रंगशाला, ३ नं. का धौरी, रामनगर, शान्तिनगर र चन्द्रपुर गरी ७ वटा विद्यालयमा सञ्चालित बाल विकास केन्द्रका सहजकर्ताले प्रयोग गर्ने शिक्षण सामग्री (इसिडी किट्स) प्रदान गरिएको मगरले बताए। सहजकर्ताले शिक्षण गर्दा चाहिने समग्रीहरु शिक्षक किट, स्कुल किट र रिक्रियसन किटहरु हस्तान्तरण गरिएको अध्यक्ष मगरले बताए।

हाल कोसीका बाढी प्रभावितहरु विभिन्न ठाउँमा अस्थायी शिविर, आफन्तजनको घर तथा सामुहिक अस्थायी आवासमा सुरक्षित बसोबास गरिरहेका छन्। मानबीय सहायताको क्षेत्रमा अग्रणी संस्था सेभ द चिल्ड्रेनले कोसी बाढी प्रभावितक्षेत्रका बालबालिकाहरु सहज र खुशी भएर पठनपाठनलाई नियमित गर्न सकून् भन्ने उद्देश्यले यस्ता सहयोग उपलव्ध गराएको जनाइएको छ। यसपटक १५ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको बुढाथोकीले बताएका छन्।  

बाढी प्रभावित विद्यालयमध्येको एक सरस्वति माविमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै बेलका नगरप्रमुख अशोक कार्कीले कोसीको बाढी प्रभावित विद्यालयमा शिक्षण सामग्री पाएपछि बालबालिकाहरु रमाइलो गरेर पढ्न पाउने वातावरण सिर्जना भएको बताए। उनले यसअघि पनि सहयोग गरेको संस्थाले फेरि पनि सहयोग गरेकोमा सेभ द चिल्ड्रेन र बालविकास समाज उदयपुरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे। आफुले कोसी समस्याबाट बेलका नगरबासीले दीर्घकालीन समाधान पाउनुपर्ने भएकाले त्यसको खोजी गरिरहेको बताउँदै मेयर कार्कीले सो कार्यमा सबैपक्षबाट सहयोगको अपेक्षा गरेको बताए।  

त्यसैगरी अर्काे प्रभावितक्षेत्र चन्द्रपुर र रामनगर आधारभुत विद्यालयमा शिक्षण सामग्री हस्तान्तरण कार्यक्रममा बेलका नगर उपप्रमुुख जीरा राईले सेभ द चिल्ड्रेनले बेलकाका कोसी बाढी प्रभावित घरपरिवार र विद्यालय तथा बालबालिकालाई सहयोग गरेर पु्र¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरिन्। उनले आगामी दिनमा बालबालिकाको शिक्षा र युवायुवतिलाई रोजगारी सिर्जना गर्ने सवारलमा बेलका नगरपालिका लागिरहने र त्यस कार्यमा सेभ द चिल्ड्रेनको सहयोगको अपेक्षा गरिरहने बताएकी थिईन्।

प्रकाशित: १२ भाद्र २०७९ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App