१९ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

बिना रसिद रकम असुल्ने सामुदायिक विद्यालयमा अख्तियारको छापा

फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको श्री जन नमूना मा.विको कागजातहरु नियन्त्रणमा लिएको छ।

विद्यालयले भर्ना गर्दा बिना रसिद विद्यार्थीहरुबाट रकम असुलेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले कागजातहरु नियन्त्रणमा लिएको हो।  

टोलीले उक्त विद्यालयबाट बिना रसिद विभिन्न विद्यार्थीहरुबाट लिइएको दुई लाख छयत्तर हजार छ सय नब्बे रुपैयाँ असुल गरिसकेको अवस्थामा सो रकम र सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ।

त्यस्तै सरकारले नि: शुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयहरुले समेत बिना रसिद विभिन्न नाममा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरुबाट छानबिन भइरहेको छ ।

प्रकाशित: २ भाद्र २०७९ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App