१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

हेटौंडाबाट दुई नक्कली प्ररीक्षार्थी पक्राउ

पक्राउ परेका नक्कली परीक्षार्थीहरु। तस्बिरः जिल्ला प्रहरी कार्यालय, मकवानपुर

हेटौंडाबाट दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षा र मोटरसाइकल चालक सवारी पत्रको नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका काँस्कीको पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन्।

नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको थाहा पाउने बित्तिकै केन्द्राध्यक्षले प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो। बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ।  

यस्तै यातायात व्यवस्था कार्यालय हेटौडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा बाउको परीक्षा दिइरहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको स्थानमा परीक्षा दिइरहेका उनकै २० वर्षीय छोरा सन्तोषलाई प्रहरीले पक्रेको हो।

नक्कली परीक्षार्थी दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: १९ जेष्ठ २०७९ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App