२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

कपिलवस्तुमा एसइईको सबै तयारी पूरा, आठ हजार ८३ विद्यार्थी सहभागी हुने

कपिलवस्तुमा आउँदो बैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ। २०७६ र २०७७ मा कोरानाका कारण विद्यालयले स्वमूल्यांकन गरी पठाएकोमा दुई वर्ष पछि फेरी भौतिक उपस्थितिमा परीक्षा हुन लागेको हो।

केन्द्राध्यक्षको नियुक्त भइसकेको छ भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थापना पुगीसकेको छ। शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरेले एसइईको सबै तयारी पूरा भएको बताए। उनले परिक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिसकिएको बताए।

उत्तर पुस्तिका सम्बन्धित केन्द्रमा पुगी सकेको छ। प्रश्न पत्र भने जिल्लामा रहेको जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालमया पठाइसकिएको छ। जिल्लामा २७ वटा परिक्षा केन्द्र कायम गरिएको छ। सदरमुकाम तौलिहवामा ५ र सदरमुकाम बाहिर २२ वटा केन्द्र छन्।

जिल्लामा १ सय ४३ विद्यालयका ८ हजार ८३ जना परिक्षामा सहभागी हुनेछन्। जसमध्ये नियमित तर्फ ७ हजार ८९५ र ग्रडवृद्धि तर्फ १ सय २८ जना छन्।  परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ धर्मेन्द्र कुमार मिश्राले बताए।

शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो। साधारण तर्फ ८ र प्राविधिक तर्फ ११ वटा विषयको परीक्षा हुनेछ। 

प्रकाशित: ५ वैशाख २०७९ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App