४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

असिनाले प्वाल पार्ने विद्यालयको छानो कस्तो?

असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा असिनाले विद्यालयको छानो प्वाल पारेर क्षति पुर्‍याएको छ।

दुई वर्षअघि निर्माण गरिएको बागलुङ नगरपालिका-७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल परेर क्षति पुर्‍याएको हो। छानोमा प्वाल परेपछि पानी पसेर विद्यालयको कागजपत्र र विद्युतीय सामग्रीमा क्षति पुगेको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरिएको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठपाठनमा समस्या भएको छ। असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत प्रश्न खडा भएको छ। विसं २०७६ मा भूकम्प पुनःनिर्माण प्राधिकरण बागलुङ शाखाले रु २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए।

'ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनी इञ्जिनियरिङबाट सामान खरिद गरिएको थियो', उनले भने, 'दुई कोठामा क्षति पुर्‍याउँदा अहिले पठनपाठनमा समस्या भएको छ।' असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएको छ। यस विषयमा छाना सप्लायर्सलाई निरन्तर सम्पर्क गर्न खोजिए पनि सम्भव नभएको बताइएको छ।

प्रकाशित: २८ चैत्र २०७८ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App