२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा बन्यो शैक्षिक योजना

ताप्लेजुङमा स्रोत नेतृत्व समूह संयन्त्र (आरएलटी) मार्फत शैक्षिक योजना बनाइएको छ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको संयोजन र कार्यक्षेत्र भित्रका विद्यालयहरुको सहभागितामा सो योजना बनाइएको रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूले जानकारी दिइन्।

रिड नेपालले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका इखाबु, लेलेप, तापेथोक र ओलाङ्चुङगोला तथा सिरिजङ्गाका याम्फुदिन, खेवाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएको छ। त्यहाँ रहेका विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक र ‘कि’ शिक्षकको सहभागितामा शैक्षिक सुधारका योजना बनाउने, शैक्षिणिक सामग्रीको पहुँच वृद्धि गर्ने र प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापन गर्नेसहितलाई आधार बनाएर शैक्षिक योजना निर्माण भएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए।

शैक्षिक योजना निर्माण र कार्यशालापछि आरएलटी नेवटर्कका सदस्य तथा शिक्षक ज्ञानुकुमारी राईलाई प्रशंसापत्र वितरण गरिदैं।

योजनामा विद्यालयको शैक्षिक तथा भौतिक सुधारका विषयहरु समेत समेटिएको रिड नेपालले जनाएको छ। परियोजना निश्चित समयसम्म सञ्चालन हुने र त्यसपछिको सामाजिक दायित्व कार्य सञ्चालन भएको क्षेत्रका सरोकारवालाकै हुने भएकोले त्यो अवस्थामा समेत आरएलटी नेटवर्कलाई प्रभावकारी रुपले सञ्चालित हुने वातावरणका लागि योजना तयार भएको समेत पन्तले बताए।

योजनामा नयाँ शैक्षिक सत्र संगै कक्षाकोठामा शिक्षण सामग्री र बालबालिकामा प्रभावकारी शिक्षण सिकाइको पहुँच स्थापित गर्ने विधि र प्रकृया समेत उल्लेख गरिएको छ। तयार भएको योजनालाई एकसाथ कार्यान्वयनमा लैजाने रिड नेपालको तयारी छ। तयार भएको शैक्षिक योजना समय र परिस्थिति अनुसार शंसोधन र थप प्रभावकारी बनाउन आवश्यकता अनुसार आरएलटी नेटवर्कको कार्यशाला आयोजना गरिन्छ।

शिक्षा क्षेत्रमा ‘अब त क केहि गरौं’ भन्ने नारा सहित सम्बन्धीत सरोकारवालाकै सहभागितामा बनेको संयन्त्रमार्फत उनीहरुकै लागि शैक्षिक योजना बनेकोले यसको सफल कार्यान्वयनले विशेष अर्थ राख्ने र उल्लेख्य नतिजा दिने रिड नेपालको विश्वास रहेको छ।

रिडले शैक्षिक गुणस्तर वृद्धिका लागि एक शैक्षिसत्रको कार्य सम्पादनको आधारमा याम्फुदिनस्थित कञ्चनजंघा माविमा कार्यरत शिक्षक ज्ञानुकुमारी राईलाई प्रशंसापत्र समेत वितरण गरेको छ।

प्रकाशित: १४ चैत्र २०७८ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App