४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

डी.ए.भीद्वारा शिक्षा क्षेत्रमा समर्पित ८४ जना महिला सम्मानित

डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।

११२औं विश्व महिला दिवसको अवसरमा २१६ मनोनित महिलाहरु मध्यबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८४ जना महिलाहरुलाई डी.ए.भीले सम्मान गरेको हो। कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयकी प्रा.डा. कुशुम शाक्य रहेकी थिइन्।

उनले डी.ए.भी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरु खोजी गरी सम्मान गर्नु निजि क्षेत्र कै सह्रानिय कार्य रहेको उल्लेख गरिन्। सोही अवसरमा उनले शिक्षा क्षेत्रमा महिलाहरुको उल्लेखनिय सहभागिता देखिनुले नेपाली समाज र लैङ्गिक समानता तिर उन्मुख रहेको समेत बताइन्। त्यस्तै उनले विश्व महिला दीवस मनाउनुको कारण र त्यसका विभिन्न आयामहरुको चर्चा गरिन्।

डी.ए.भी. अध्यक्ष श्री अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गर्दा आफू ज्यादै खुशी भएको बताए। कार्यक्रममा प्रथम महिला सुनिता केडिया, प्रमुख अतिथि, कुशुम शाक्य लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सम्मानपत्र  प्रदान गरे। 

विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयका अभिभावकहरू आफ्नो छोरीहरुको व्यक्तित्व विकासका अवसरहरुमा छोराहरु सरह समान हुनुपर्ने धारणा राखिन्। साथै उनले महिलाहरू शिक्षाको माध्यमबाट करोडौं मानिसहरको भविष्यमा सकारात्मक परिवर्तन ल्याएका विभिन्न तथ्यहरु प्रकाश पारिन्।

विद्यालयका शिशु, प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका विद्यार्थीहरुले महिला दिवस प्रति समर्पित रहि, नाचगान, अभिनय तथा विभिन्न कलाहरु प्रस्तुत गरेका थिए।

प्रकाशित: ३० फाल्गुन २०७८ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App