२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अस्पताल अगाडि टायर बोलेर प्रदर्शन

अतिरिक्त शुल्कविरुद्व आन्दोलनरत विद्यार्थीहरूले मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। कलेजका विद्यार्थीसहित संयुक्त विद्यार्थी संगठनले चरणवद्द रुपमा विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। विद्यार्थीहरुले कलेज प्रशासन र कलेजका सञ्चालक सुनिल शर्माविरुद्व नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरे। कलेजले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई कक्षा प्रवेशमा रोक लगाउँदै पठनपाठनबाट बञ्चित गरेपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन्।

कलेजको प्रवेश गर्ने मुख्य गेटमा टायर बालेर सरकार र नोबेल प्रशासनविरुद्व नाराबाजी गर्दै संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरु धर्नामा बसे। उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान, संयुक्त विद्यार्थी संगठनसहित आन्दोलनरत विद्यार्थीहरुले पुस २१ कलेज प्रशासनमा तालाबन्दी गरेका छन्। कलेज प्रशासन र सरकारले शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीको माग सम्बोधन गर्नेतर्फ कुनै चासो नदेखाएको विद्यार्थीहरुले बताए।

चिकित्सा शिक्षा आयोगले तोकेको एमबिबिएसको शुल्कभन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजे भनेर त्यसको विरोधमा दुई सातायतादेखि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

प्रकाशित: २७ पुस २०७८ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App