२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

कपिलवस्तुलाई साक्षर जिल्ला बनाउने फेरि अर्को प्रतिबद्धता

कपिलवस्तुलाई आउने फागुनभित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने फेरि प्रतिबद्धता जनाइएको छ। ४ वर्षअघि पनि जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाइएको थियो।  

शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरको आयोजना तथा शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुको समन्वय र अनौपचारिक राष्ट्रिय श्रोत केन्द्र नेपाल र रोटरी ईन्टरनेशनल ३२९२ को सहकार्यमा राखिएको साक्षर नेपाल वर्ष कार्यक्रम कार्यान्वयनसम्बन्धी स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाइएको हो।

जिल्लाका १० स्थानीय तहमध्ये अझै ६ वटा साक्षर पालिका घोषणा हुन सकेको छैन। बाँकी रहेका कपिलवस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका र यशोधरा, बिजयनगर र मायादेवी गाउँपालिकाका पदाधिकारी र शिक्षा ईकाई प्रमुखले आगमी फागुनभित्र आफनो पालिकालाई साक्षर बनाउने घोषणा गरे। साक्षर नेपाल घोषणा अभियान २०७६ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ।

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले ८ वडामध्ये २ वडा घोषणा भइसकेको भन्दै बाँकी रहेको ६ वटा वडा फागुनभित्र घोषणा गर्ने प्रतिबद्धता जनाए। विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले ७ वडामध्ये २ वडा घोषणा भइसकेको भन्दै बाँकी ५ वडालाई फागुनभित्र घोषणा गर्ने जनाए।

कार्यक्रममा श्रोत केन्द्रका दिलबहादुर श्रेष्ठ, महाराजगंज नगरपालिकाका शिक्षा इकाई प्रमुख रेस्मीराज अर्याल, शिवराज नगरपालिकाका लोकराज पन्थी कपिलवस्तु नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, रोटरी क्लव कपिलवस्तुका अध्यक्ष माधवभाट क्षेत्री, शिक्षा तथा समन्वय ईकाई प्रमुख थोश्वर घिमिरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले जिल्लालाई चाडै साक्षर बनाउनु पर्नेमा जोड दिएका थिए।

नेपालका १५ देखि ६० वर्ष उमेरका ९२ प्रतिशत र १५ देखि माथिको साक्षर दर ८० प्रतिशत रहेको छ।

प्रकाशित: १४ पुस २०७८ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App