२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सेवा निवृत्त शिक्षक समाजमा अम्बिकामान

सेवा निवृत्त शिक्षक समाज भक्तपुरको अध्यक्षमा अम्बिकामान मानन्धर चयन भएका छन्। समाजको दोश्रो साधारणसभाले मानन्धरको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामगोपाल कर्माचार्य, सचिवमा शेरबहादुर ङाखुसी, कोषाध्यक्षमा विश्वराम कवां, सहसचिवमा पशुपतिमान थकू र सहकोषाध्यक्षमा सुन्दरमान शाक्य चुनिएका छन्। यस्तै सदस्यहरुमा निवर्तमान अध्यक्ष नाति कवां, धीर्जबहादुर कायष्ठ, विश्वनाथ प्रजापति, रामशरण खानिबञ्जार, चन्द्रकान्ता प्रजापति, सजीव था श्रेष्ठ, ज्ञानसागर प्रजापति चुनिएका छन्। साथै रत्ककेशरी कक्षपति, अमोकरत्न शाक्य, गंगा शर्मा, तुल्सीराम ग्वाछा र रामभक्त कोजू पनि सदस्यमा चुनिएका छन्। 

एकजना सदस्य पछि थप्ने गरी निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष रामगोपाल कर्माचार्यले बताए। ‘हामी अझै सवल छौ’ भन्ने नाराका साथ दुई वर्ष अगाडि सेवा निवृत शिक्षक समाज स्थापना गरिएको थियो।

प्रकाशित: ३१ भाद्र २०७८ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App