१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

समदर्शी साकोसमा सहकारी शिक्षा कार्यक्रम

भक्तपुरको समदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम गरेको छ। तपाईंको समस्या समदर्शीको समाधानको मूल ध्येयका साथ २०५९ सालमा स्थापना भएको सो सहकारीले सहकारीसम्बन्धी ज्ञान दिनका लागि सो कार्यक्रम गरेको हो।

सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले बताए। अध्यक्ष मानन्धरले संस्थामा नयाँ सदस्य बनेका सदस्यहरूलाई स्वागत गर्दै संस्थाबारे जानकारी दिए।

उनले सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै सहकारी संस्था स्थापनाको उद्देश्यबारे जानकारी लिनु जरुरी रहेको बताए। उनले सहकारी सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक, सामाजिक समस्या समाधानका लागि स्थापना गरेको बताए।

हाल १ हजार नौ सय ९३ सदस्य रहेको सो संस्थालाई अघि बढाउनका लागि विभिन्न उपसमिति गठन गरि अघि बढेको उल्लेख गर्दै सहकारी अभियानलाई पूरा गर्न सहकारीको संचालक समितिको मात्र नभएर सदस्यहरूको पनि भूमिका हुने बताए।

सहकारीको शिक्षा उपसमितिले आयोजना गरेको कार्यक्रममा उपसमितका अध्यक्ष कृष्णगोपाल लागेजूले सहकारी शिक्षाको महत्वबारे प्रष्ट गरे। उनले सहकारीको क्षेत्रमा समदर्शीको बेग्लै पहिचान रहेको उल्लेख गर्दै सहकारी संचालनका लागि तय गरिएका नीतिहरूबारे जानकारी दिए।

उपसमितिका सदस्य काशीराम प्रजापति र रमेश लवजुले सहकारी शिक्षा कार्यक्रममा सहभागी हुनु जरूरी रहेको बताए।

सहकारीका अनुसार हाल १८ करोड ८४ लाख ३० हजार बचत संकलन गरेको छ भने १५ करोड ५४ लाख १५ हजार ऋण लगानी गरिरहेको छ।

प्रकाशित: २३ श्रावण २०७८ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App