५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

छात्रवृत्ति पाउने विद्यार्थीलाई शिक्षादीपको सम्मान

विराटनगरस्थित शिक्षादीप कलेजले इन्जिनियरिङ विषयमा अध्ययनका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी कलेजले इन्जिनियरिङ विषयमा विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति पाउन सफल ४ विद्यार्थीलाई सम्मान गरेको हो।  

सम्मानित हुनेमा सुभम झा, प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन्। उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, सुशील भगत, सोम निरौलाले सम्मान गरेका थिए।

इन्जिनियरिङ विषयको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएर छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई माला, अविरले सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो।

सुभम र प्रियसले भारतको आईसिसिआरमा पूर्ण छात्रवृत्ति पाए भने रामकृष्णले पूर्वाञ्चल विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेका थिए।

त्यस्तै मन्दिपले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजले लिएको प्रवेश परीक्षामा  ७६ औं स्थानमा नाम निकाल्न सफल भएको कलेजका प्रिन्सिपल खड्काले जानकारी दिए।

भारतको आसिसिआरमा छात्रवृत्ति पाउने दुईजना विद्यार्थीले खान र बस्नसहित मासिक रुपमा नगद १८ हजार ५ सय भारतीय रुपैयाँ भत्तासमेत पाउने कलेजले जनाएको छ।

प्रकाशित: २८ असार २०७८ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App