१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

आगामी वर्ष एक हजार २ सय ८० शिक्षकको अनिवार्य अवकास हुने, कुन जिल्लामा कति ?(विवरणसहित)

आगामी वर्ष एकहजार २ सय ८० शिक्षकको अनिवार्य अवकाश हुने भएको छ।

शिक्षक किताबखानाले आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म त्यति शिक्षकको अनिवार्य अवकाश हुने जनाएको हो।

किताबखानाले अवकाश हुने शिक्षकहरुको नामावलीसमेत प्रकाशन गरेको छ। किताबखानाले शिक्षा नियमावली २०५९ को नियम १२६ उपनियम(घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत मिति २०७८ साउन १ गतेदेखि २०७८ पुस मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली जिल्लामा पठाएको छ।

सरकारले ६० वर्ष उमेर पूरा भएका शिक्षकको अनिवार्य अवकाश गर्दै आएको छ।

कुन जिल्लामा कति शिक्षक ?

ताप्लेजुङ : १४. पाँचथर:१२, इलाम:१२, झापा : ५६, संखुवासभाः: १९, तेह्रथुम : २४, भोजपुर: १७, धनकुटाः १४, सुनसरीः २८, मोरङः ४८, सोलुखुम्बुः ९, खोटाङः १४, उदयपुरः २२, ओखलढुंगाः ९, सप्तरीः ३३, सिराहाः ३०, धनुषाः ३६, महोत्तरीः २२, सर्लाहीः २७,  सिन्धुलीः १५, रामेछापः ११, दोलखाः ४, सिन्धुपाल्चोकः, १३ रसुवाः २, धादिङः १५, नुवाकोटः २०, काठमाडौंः ४५, ललितपुरः १५, भक्तपुरः २३, काभ्रेपलाञ्चोकः २७, मकवानपुरः ३१, रौतहटः ३२, बाराः २६, पर्साः २२, चितवनः १४, नपलपरासीः २५्, रुपन्देहीः १८, कपिलवस्तुः १७, अर्घाखाँचीः २२, पाल्पाः १७,  गुल्मीः २७,  स्याङ्जाः २८,  तनहुँः १९,  गोरखाः १४ , मनाङः १,  लमजुङः १९, कास्कीः २०, पर्वतः २२,  बागलुङः १५, म्याग्दीः ११,  मुस्ताङः ५, मुगुः ५ , डोल्पाः ६,  हुम्लाः ५,  कालिकोटः ४,  रुकुमः ९,  रोल्पाः १२,  प्युठानः ९,  दाङः २७,  सल्यानः९,  बाँकेः २२,  बर्दियाः १३,  सुर्खेतः ९,  जाजरकोटः ८,  दैलेखः ७,  कैलालीः १५,  डोटीः ११, अछामः ९,  बाजुराः ९,  बझाङः १९,  दार्चुलाः ७, बैतडीः १५,  डडेलधुराः९,  क्ञ्चनपुरः १०।

नाम नामेसीका लागि यहाँ जानुहोस् : http://stro.gov.np/ne/2017-07-20-09-25-42/category/30-2078-04-01-2078

प्रकाशित: २५ जेष्ठ २०७८ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App