२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारलाई १० लाख दिन माग

स्थायी शिक्षक हकहित मञ्चले नयाँ भेरियन्टको कोरोना भाइरसबाट ज्यान गुमाएका शिक्षक परिवारलाई १० लाख रुपैयाँ दिन माग गरेकाे छ। मञ्चले कोरोना संक्रमणका कारण निधन भएका शिक्षकको परिवारलाई राहत स्वरुप तत्काल १० लाख रुपैयाँ दिन माग गरेको हो।

स्थायी शिक्षक हक हित मन्चका केन्द्रीय संयोजक रमेश बाबु भट्टराईले हालसम्म मनिषा थापा(बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कन्चनपुर), मन्जु के सी (कन्चनपुर), पार्वती न्यौपाने बर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकाया (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी (दाङ), घनश्याम चौधरी (नवलपरासी), बमबहादुर कुवर (गुल्मी), काषी सिं कार्की (कन्चनपुर) लगायतका शिक्षकहरुको निधन भइसकेको छ।

यसैगरी सो मञ्चले कोभिड १९ बाट बिरामी प्रत्येक शिक्षकलाई दिएको एक लाख रुपैयाँ उपचार खर्चलाई निरन्तरता दिन, संक्रमण बढिरहँदा पनि केही स्थानीय तहले परीक्षा संचालनका लागि गरेको ताकेता रोक्न पनि माग गरेको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App